विरोधीलाई राजेन्द्र लिङदेनको जवाफ- हामीले देशको राजा खोजेका हौँ, तपाईंहरुसँग चुनाव हामी लड्छौं
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रवादी दलका नेताहरूलाई चुनाव लड्न आफूहरू नै काफी रहेको जवाफ दिएका छन् । राजाविरोधीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न आउन चुनौती दिएपछि लिङदेनले जवाफ फर्काएका हुन् ।
वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले राजालाई ललकार्दैछन्, राजा चुनाव लड्न आऊ भनेर । म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौं । राजाले चुनाव लड्ने होइन । चुनाव लड्न हामी जस्ता मानिसहरू छौं । हामी चुनाव लड्छौं ।’
उनले आफूहरूले खोजेको राजा चुनाव लड्नेखालको नभएको बताए ।
अध्यक्ष लिङदेनले भने, ‘हामीले खोजेको राजा राजनीतिक दलको होइन, देशको राजा हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो ।’
क्याटेगोरी : समाचार
ट्याग : #तपाईंहरुसँग चुनाव हामी लड्छौं, #विरोधीलाई राजेन्द्र लिङदेनको जवाफ- हामीले देशको राजा खोजेका हौँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्