प्रेस चौतारीको उपत्यका अध्यक्षमा सीतामाया पौडेल, संगठनमा फर्किनेलाई चार पद
काठमाडौं । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीतामाया पौडेल (अर्चना) निर्वाचित भएकी छन् ।
शनिबार सम्पन्न दोस्रो अधिवेशनले दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी निर्वाचित भए । प्रदेश महासचिवमा सौगात मिश्र, सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री र सन्तोष तामाङ निर्वाचित भएको संगठनका उपत्यका इन्चार्ज हेमराज सिलवालले बताए ।
कोषाध्यक्षमा सुरेश जीसी निर्वाचित भए । सदस्यहरु ज्योति जीसी, रोशनराज अर्याल, जीबी लामा र मेघराज पहाडी छन् ।
समाजवादी प्रेस संगठन त्यागेर प्रेस चौतारीमा फर्किनेले चार पदाधिकारी पाएका छन् । जसमा उपाध्यक्ष अधिकारी, महासचिव मिश्र, सचिव बस्नेत र क्षेत्री रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रेस चौतारीको उपत्यका अध्यक्षमा सीतामाया पौडेल, #संगठनमा फर्किनेलाई चार पद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्