दोस्रो तारिख बुझ्न कास्की लागे रवि, भोलि रुपन्देही अदालतमा उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्की जाने भएका छन् ।
उनी आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने उनको सचिवालयले जनाएको छ ।
कास्कीबाट उनी सिधै रुपन्देही जानेछन् । भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्नेछन् ।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन् ।
काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका छन् । पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दोस्रो तारिख बुझ्न कास्की लागे रवि, #भोलि रुपन्देही अदालतमा उपस्थित हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्