घरबाहिर निस्कन टोखामा‘पास’ को व्यवस्था
न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिका वडा नं ३ ले नगरवासीलाई घरबाट बाहिर जानको लागि पासको व्यवस्था गरेको छ ।
नगरले लकडाउनको अवधिभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यान दिँदै अनिवार्य पास लिनु पर्ने गरेको हो ।
वडाले ‘एक घरधुरी एक पास’को व्यवस्था गरी करिव ३ हजार परिवारलाई घरघरमा वडा कार्यालयका कर्मचारी तथा स्वयंसेवक मार्फत पास पुर्याइदिने व्यवस्था गरेको छ ।
पासविना घरवाहिर निस्कने व्यक्ति जो कोहिलाई कारवाही गर्न वडा कार्यालयले प्रशासन कार्यालयमा पत्राचार समेत गरेको वडा अध्यक्ष सिंहराज श्रेष्ठले बताएका छन् ।
यसका साथै सुरक्षामा खटिरहेका स्वयंसेवकहरुले सम्मेत कार्वाहि गर्न सकिने छन् ।
वडाले विहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान सामाग्री किनमेल गर्न घरबाट बाहिर निस्कन सक्ने समय निर्धारण गरिएको भए पनि अनावश्यक रुपमा विभिन्न बहानामा बाहिर निसक्ने गरेको र भीड लाग्ने गरेको कारण यस्तो निर्णय गरिएको हो ।
वडाले दिएको उक्त पास किनमेल गर्न प्रयोजनका लागि मात्र मान्य हुनेछ । वडाले तोकिएको समय विहान ५ बजेदेखि ९ बजेसम्म सो पासमा तोकिएको स्थानको पसलमा मात्र मान्य हुनेछ । पसलमा जान्दा पनि ग्रहाकले अनिवार्यरुपमा उक्त पास देखाउनु पर्नेछ । यसबाट एक स्थान वा समुदायका व्यक्ति अर्को समुदायमा आवत जावत गर्न पाइने छैन् ।
यसै विषयमा हिजो बुधबार वडा कार्यालयमा व्यवसायी, जनप्रतिनिधि तथा कोरोना भाइरस रोकथामका लागि गठित समितिका सदस्यहरु बीच छलफल समेत गरिएको अध्यक्ष सिहराज श्रेष्ठले बताएका छन् ।
११ वाडमा पनि पासको व्यवस्था
टोखा नगरपालिका वडा नं ३ ले लागु गरेको पास वितरण ११ नं वडाले पनि आफ्नो वडामा लागु गरिएको छ । पासको व्यवस्थाले भीड नियन्त्रण गर्न निकै नै प्रभावकारी र व्यवहारीक भएको बताएका छन् ।
यो पासको व्यवस्था सिंगो टोखा नगरपालिका भरी नै लागुन गर्न सकेमा अनावश्यक भीड धेरै नियन्त्रण हुने अपेक्षा लिन सकिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा‘पास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्