नेपालटार पिच : फागुन २५ गते व्यवसाय बन्द, २६ गते बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
तारकेश्वर, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ११ अन्तर्गत पर्ने नेपालटार पुलदेखि डाँडागाउँ जाने मुख्य सडक कालोपत्रे गरिने भएको छ। सडक स्तरोन्नतिको क्रममा आगामी फागुन २५ गते धुलो नियन्त्रण र प्राइम कोट कार्य गरिने तथा फागुन २६ गते कालोपत्रे गरिने वडा कार्यालयले जानकारी गराएको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै फागुन २५ गते व्यवसाय सञ्चालनमा बाधा पुग्न सक्ने हुँदा व्यवसायीलाई आफ्नो व्यवसाय एक दिन बन्द गर्न अनुरोध गरेको छ। साथै, सडक पिच गर्ने कामलाई सहज बनाउन फागुन २६ गतेका लागि स्थानीय बासिन्दाहरूलाई बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
कार्यालयले निर्माण कार्यका कारण पर्न जाने असुविधाप्रति क्षमायाचनासमेत व्यक्त गरेको छ। साथै, स्थानीय बासिन्दाहरूलाई निर्माण कार्यमा सहयोग गर्न आग्रह गरिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #२६ गते बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, #breaking, #नेपालटार पिच : फागुन २५ गते व्यवसाय बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्