सरकारका प्रवक्ता भन्छन्- पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सिए
काठमाडौं, २३ फागुन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सिएको बताएका छन् ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने क्रममा उनले व्यवस्था नै पल्टिएपछि नागार्जुन दरबारमा राखेको बताउदै व्यवस्था र राजनीतिक दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् ।
उनले भने, ‘नेपालमा उदार लोकतन्त्र छ । अरू मुलुकमा भएको भए ४०/५० वर्षसम्म शोषण गर्ने, जनतालाई दुःख दिने राजसंस्था र त्यसको परिवार, व्यक्तिहरूलाई नयाँ व्यवस्था आइसकेपछि जेलमा बस्नुपर्ने हो । तीनको सम्पत्ति सबै हरण हुनुपर्ने हो । दुनियाँमा त्यही इतिहास छ । तर, हामीले स–सम्मान नागार्जुन दरबारमा राखेका छौँ । आज उनी नै व्यवस्था र राजनीतिक दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर जुन हर्कत गरिरहेका छन् । त्यो उनले आफ्नो हैसियत बिर्सिएको हो ।’
उनले आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्ने राजतन्त्रले कसरी देशको रक्षा गर्छ ? भन्दै प्रश्न गरे । उनले राजा मच्चिदै हिड्दैमा फर्किन्छ भनेर सोच्नुपर्ने केही अवस्था नरहेको स्पष्छ पारे ।
’राजाले कसरी देश बचाउँछन्, दुनियाँमा कुन देशमा राजाले देश बचाएको छ ? आफ्नो ज्यानको रक्षा गर्न नसक्ने, दरबारको रक्षा गर्न नसक्ने राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, सबै कानुन हातमा लिएको राजसंस्था, जहाँ मेरिटोक्रेसीको कुनै गुन्जायस हुँदैन, जहाँ प्रतिष्पर्धाको कुनै गुन्जायस हँुदैन, जहाँ एउटा कुलमा जन्मेको कारणले मुलुकको तीन करोडको जनतामध्ये सबैभन्दा योग्य ठहरिन्छ । त्यसको शासनमा हामी बस्नुपर्ने बाध्य परिन्छ । त्यस्तो व्यवस्थाको वकालत गर्दै हिड्ने लोकतन्त्र मान्ने हुनकी होइनन् विचार गर्नुपर्छ । राजा मच्चिएर हिड्दैमा राजा फर्किन्छ भनेर सोच्नुपर्ने केही छैन्,’उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सरकारका प्रवक्ता भन्छन् : कांग्रेस-एमालेबीचको सहमति तलमाथि हुँदैन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्