प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको दुर्गा प्रसाईंको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै आएका मेडिकल व्यवसायी तथा राजवादी अभियन्ता दुर्गा प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’माथि निशाना साँधेका छन् ।
राजाको पक्षमा शुक्रवार पत्रकार सम्मेलन गरेका प्रसाईंले प्रचण्डले अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको आरोप लगाए ।
माओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र रछ्यानमा फालिसकेको टिप्पणी गरेकोमा प्रसाईंले अब प्रचण्डलाई नै रछ्यानमुनी फाल्ने दावी गरे ।
उनले भने,’म आफैंले २० वर्ष सहयोग गरेको हो नि प्रचण्डलाई । हामीले डडाल्नामा प्रेसर कुरक बम नबोकेको भए आज नातिनीको लागि अमेरिकामा घर किन्न सक्थे? स्वीटरजल्याण्डमा घर किन्थे रु प्रधानमन्त्री हुन्थे ?’
पत्रकार सम्मेलनभरी विभिन्न नेता र पत्रकार तथा लेखकहरुको उछितो काढेका प्रसाईंले फागुन २५ गते काठमाडौं ठप्प बनाएर पूर्व राजाको स्वागत गरिने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको दुर्गा प्रसाईंको आरोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्