टिप्परका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न सांसद झाको माग
काठमाडौं, फागुन २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिप्परले कानुन नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिप्परका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गर्नुभएको छ । बुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
उहाँले स्थानीय तहका जनप्रतिनिहरुका लगानी भएका टिप्परहरुले कानुन मान्ने नगरेको उहाँको आरोप छ । टिप्परको व्यवस्था पनि राज्य संयन्त्र नै कमजोर रहेको उहाँको भनाइ छ । सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भए पनि जबरजस्ति हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘धेरै स्थानीय तहका प्रतिनिधिहरुको लगानी रहेको छ । टिप्परका उनीहरुले कानुन मान्दैनन् । टिप्परलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ । अर्को कुरा, सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन् । किनकी स्थानीय नेता र ठेकेदारहरुको लगानी भएकाले सरकार र राज्य पनि एकदमै कमजोर भएको छ । यस्तो अवस्थामा हामीले कसरी नियन्त्रण गर्न सक्छौं । कि यो मृतकको सङ्ख्यामात्र गनेर बसिराख्ने हो ?’’
उहाँले सरकारले सडक दुर्घटना न्यूनीकरण पनि गर्ने हो कि मृतकको सङ्ख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्न समेत गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टिप्परका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न सांसद झाको माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्