लेकसाइडको झडपमा ११ नगरप्रहरी घाइते, महानगर प्रवक्ता भन्छन्- हतियार राखेर कस्तो महायज्ञ ?
काठमाडौं । पोखरा लेकसाइडमा कोटिहोमको भूमिपुजन नगर प्रहरीले रोक्न खोज्दा झडप भएको छ । सोक्रममा ११ जना नगर प्रहरीसहित केही घाइते भए ।
विजय भण्डारी नेतृत्वको मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेको थियो । अनुमति बेगर भूमिपुजन गर्न लागेको भन्दै रोक्न महानगर प्रहरीको टोली पुगेको थियो ।
फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै हालतमा कोटिहोम गर्ने अडानका साथ भूमिपुजन लागेपछि झडपको अवस्था आएको महानगरको भनाइ छ ।
महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना त्यहाँ भूमिपुजनको स्वीकृत छैन भनेर नगर प्रहरी जाँदा हातपात भएको बताउँछन् ।
महानगर रोक्न पुगेका नगर प्रहरीमाथि विजय भण्डारीका समर्थकले कुटपिट गरेको उनले बताए । त्यसलाई रोक्न प्रहरीले समेत असहयोग गरेको तिम्सिनाको गुनासो छ ।
उनले भने, ‘हात हतियार राखेर महायज्ञ गर्ने कस्तो खालको महायज्ञ हो ? महानगरले कोटिहोम गर्न दिनु हुँदैन भन्ने पक्षमा होइन । तर, त्यो ठाउँ (लेकसाइड) महायज्ञका लागि उपयुक्त होइन भन्ने हो ।’
क्याटेगोरी : समाचार
ट्याग : #महानगर प्रवक्ता भन्छन्- हतियार राखेर कस्तो महायज्ञ ?, #लेकसाइडको झडपमा ११ नगरप्रहरी घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्