हेल्दी फ्रेन्ड्स क्लब काठमाडौँको तेस्रो बार्षिक उत्सबको उपलक्ष्यमा काठमाडौँमा ब्याडमिन्टन प्रतियोगिता सुरु
काठमाडौँ , २३ हेल्दी फ्रेन्ड्स क्लब काठमाडौँको तेस्रो बार्षिक उत्सबको उपलक्ष्यमा आज देखि काठमाडौँमा ब्याडमिन्टन प्रतियोगिता सुरु भयो।
काठमाडौँको १६ नम्बर वडा शोभाभगवती मार्ग स्थित हेल्दी फ्रेन्ड्स कल्बको कभर्ड हलमा यहि २०८१ साल फाल्गुन २३ गते देखि चैत्र ९ गते सम्म संचालन हुने उक्त ब्याडमिन्टन प्रतियोगिता – २०८१ को उद्घाटन गर्दै रास्ट्रिय सभाका सदस्य माननीय किरण बाबु श्रेष्ठले खेल स्वस्थ समाज निर्माण गर्न मात्र नभएर सामाजिक एकता र पहिचानको लागि समेत महत्वपूर्ण भएकोले खेलकुदको प्रबर्धनमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो।
क्लबका अध्यक्ष्य श्रीराम पुडासैनीले खेलमा टिम वर्कको भावना,अनुशासन, आत्मा विश्वास र सकारात्मक सोच हुनुपर्नेमा जोड दिदै सबै खेलाडीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो भने ब्याडमिन्टन प्रतियोगिता संयोजक उमेश केसीले खेलाडीहरुले पालना गर्नु पर्ने नियमहरु प्रस्तुत गर्नु भएको थियो।लिगको आधारमा खेलाइने उक्त प्रतोयोगीतामा २६ जना खेलाडीले ८२ वटा खेल खेल्ने छन्।
कार्यक्रममा बरिस्ठ ब्याडमिन्टन खेलाडी अर्जुन केसी , भूगोल थापा लगायत समाज कल्याण बिकास केन्द्रका पदाधिकारी स्थानीय खेल प्रेमी दाजुभाइ दिदीबहिनीको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रमको उद्घोषण दिपेन्द्र काफ्लेले गर्नु भएको थियो।

क्याटेगोरी : समाचार
ट्याग : #हेल्दी फ्रेन्ड्स क्लब काठमाडौँको तेस्रो बार्षिक उत्सबको उपलक्ष्यमा आज देखि काठमाडौँमा ब्याडमिन्टन प्रतियोगिता सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्