टोखा नगरपालिका : भोलि शनिबार विष्णुमती करिडोर सरसफाई हुँदै
काठमाडौँ । टोखा नगरपालिका, काठमाडौंले बिष्णुमति साङ्गलेखोला लगायतका नदीहरूको सरसफाई अभियानलाई निरन्तरता दिँदै ४१औं हप्ता सम्पन्न गर्न लागेको छ। यो अभियान नगर कार्यपालिकाको कार्यालयले २०८१ बैशाख २० गतेको निर्णयअनुसार हरेक शनिबार सञ्चालन गरिँदै आएको छ।
यस पटकको सरसफाई कार्यक्रम २०८१ साल फागुन २४ गते, विहान ठीक ७:०० बजे विष्णुमती करिडोर, मनोहरतीर्थ पुलदेखि करिब ५०० मिटर दक्षिणमा आयोजना गरिनेछ।
सरसफाई अभियानमा सम्पूर्ण जनप्रतिनिधि, नगरपालिका तथा वडा कार्यालयका कर्मचारी, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय, सार्वजनिक तथा निजी कार्यालय, फोहोरमैला व्यवस्थापन गर्ने संस्था, प्रधानमन्त्री रोजगार कार्यक्रमका सदस्य, क्लव, सामाजिक संघसंस्था, पूर्व प्रहरी संगठन, विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, उपभोक्ता समिति, लाभग्राही समूह, सफाई अभियन्ता, सञ्चारकर्मी तथा स्थानिय समुदायलाई सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ।
टोखा नगरपालिकाले सबैलाई सरसफाई अभियानमा सहभागी भई नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउन योगदान दिन आग्रह गरेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिका : भोलि शनिबार विष्णुमती करिडोर सरसफाई हुँदै\
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्