कोटिहोमको भूमिपूजा नगरप्रहरीले रोक्न खोज्दा पोखरामा झडप, केही घाइते
पोखरा । पोखरा महानगरपालिकाले काेटीहाेम महायज्ञ रोक्न खोज्दा झडप भएको छ ।
लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो । झडपमा केही नगरप्रहरी र अन्य घाइते भएका छन् ।
मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेको थियो ।सोही भूमिपुजन महानगरले रोक्न खोजेको हो ।
महानगरले अनुमतिबेगर लेकसाइडमा भूमिपुजन गर्न लागेको भन्दै रोक्न नगर प्रहरी खटाएको थियो । मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै हालतमा कोटिहोम गर्ने अडानका साथ भूमिपुजन थालेको महानगरले जनाएको छ ।
भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर नगर प्रहरी खटाइएको थियो । सोही क्रममा भण्डारीका समर्थक आक्रोशित बनेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केही घाइते, #कोटिहोमको भूमिपूजा नगरप्रहरीले रोक्न खोज्दा पोखरामा झडप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्