पीएम कपमा छुटे सन्दीप, तत्काल मैदानमा नफर्किन डाक्टरको सुझाव
काठमाडौं । स्टार स्पिनर सन्दीप लामिछाने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा छुट्ने भएका छन् । स्वास्थ्य अवस्थाका कारण उनले यो प्रतियोगिता खेल्न नसक्ने भएका हुन् ।
बाग्मती प्रदेशले हिजो नियमित कप्तान सन्दीपलाई बाहिर राखेर टिम घोषणा गरेको थियो । घोषित १५ सदस्यीय टोलीमा पृथु बास्कोटालाई कप्तान बनाइएको छ । सन्दीपले आफू खेल्न असमर्थता जनाएपछि पृथुलाई कप्तानी दिइएको हो ।
गत माघ ९ गते सन्दीपले हर्नियाको शल्यक्रिया गराएका थिए । सो पश्चात् उनी पूर्णरुपमा फिट भइसकेका छैनन् । उनलाई चिकित्सकले अझै केही दिन मैदानमा नफर्किन सुझाव दिएको स्रोतले बतायो ।
‘उहाँ सामान्यरुपमा हिँडडुल गर्न त सक्नुहुन्छ । तर, मैदानमा बलिङ, फिल्डिङ गर्दा समस्या उत्पन्न हुन सक्ने भनेर डाक्टरले नखेल्न सुझाव दिनुभएको थियो । पूर्णरुपमा फिट हुन अब बढीमा एक महिना लाग्छ होला’ स्रोतले भन्यो ।
केही समयमा अन्तर्राष्ट्रिय म्याच खेल्नुपर्ने भएकाले पनि अहिले सन्दीपले रिस्क लिन चाहेका छैनन् । प्रधानमन्त्री कप फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन मैदानमा आयोजना हुँदैछ । यस प्रतियोगितामा ७ प्रादेशिक र ३ विभागीय गरी १० टोलीको सहभागिता छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तत्काल मैदानमा नफर्किन डाक्टरको सुझाव, #पीएम कपमा छुटे सन्दीप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्