राजा फर्किनेबारे प्रधानमन्त्रीको जवाफ- होला… खुट्टि देख्दै पत्याइयो !
काठमाडौं । संसद भवनबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पनि केही युट्यूबरले छोपे । नानाथरि प्रश्न सोध्न थालिए ।
एक महिला युट्यूबरको आवाज प्रधानमन्त्रीको कानमा पर्यो, ‘नमस्कार प्रधानमन्त्रीज्यू । तपाईंको अनुहार एकदम मलिन देखिएको छ । कसैसँग बोल्न चाहनुहुन्न । राजावादीहरुले त राजालाई वैशाख ११ गते दरबारमा राखेरै छाड्छु भनेको छ नि त ? राजगद्दीमा बसालेरै छाड्ने रे । तपाईंले के भन्न चाहनुहुन्छ ?’
उनको प्रश्न सुनेपछि प्रधानमन्त्री ओली टक्क अडिए । आफ्नै शैलीमा उनले संक्षिप्त जवाफ दिए, ‘राजगद्दीजस्तो कुर्सीमा त तपाईंलाई पनि राख्न सकिन्छ नि । होला… । खुट्टी देख्दै पत्याइयो ।’
यति भनेर उनी गाडीतिर लम्किए । थप प्रश्नको सामना गरेनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजा फर्किनेबारे प्रधानमन्त्रीको जवाफ- होला… खुट्टि देख्दै पत्याइयो !
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्