ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घद्वारा राहत
ललितपुरमा रहेका बचत तथा ऋण सहकारी संस्थाको छाता सङ्गठन ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घले ललितपुरमा रहेका छ वटै स्थानीय तहलाई राहतस्वरुप रकम हस्तान्तरण गरेको छ ।
विश्वभर कोरोना भाइरसले आक्रान्त पारेर मुलुक बन्दाबन्दी भएको अवस्थामा यहाँ दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अन्धाअपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवार भोकभोकै रहनु नपरोस् भनी सङ्घले केही रकम यहाँका स्थानीय तहलाई सहयोग गरेको हो ।
ललितपुरमा रहेका बचत तथा ऋण सहकारीको तर्फबाट महानगरपालिकालाई रु एक लाख, गोदावरी र महालक्ष्मी नगरपालिकालाई रु ७५/७५ हजार र तीन वटा गाउँपालिकालाई रु ४०/४० हजारका दरले कूल रु तीन लाख ७० हजार सहयोग प्रदान गरेको सङ्घका अध्यक्ष रामहरी बजगाईँँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्व कोरोनाले बलिरहेको अवस्थामा अहिले सहयोग नगरे कहिले गर्ने भन्ने उद्देश्यका साथ अघि बढेका हाँै । साहराविहीन जनताले यस समयमा सहकारीको सहकार्य खोज्छन् ।” ललितपुरमा सबै प्रकृतिका सहकारी सङ्ख्या एक हजार १०० माथि रहेका छन् ।
यसमा ५१८ बचत तथा ऋण सहकारी संस्था मात्र रहेका बजगाईँले बताउनुभयो । यसैगरी ललितपुरका १० देखि १५ वटा सहकारी मिलेर ३५ देखि चार हजार मास्क, ५० बट्टा स्यानिटाइजर, १०० बढी मानिसको सहभागितामा १०० पिन्ट रगत सङ्कलन र यहाँभित्रका कृषि सहकारी संस्थामार्फत छुट्टै ५०० देखि ६०० बोटबिरुवा गाउँपालिकाका जनतालाई वितरण गरिसकेको बजगाईँले जानकारी दिनुभयो ।
नेपालमा पहिलोपटक विसं २०१३ चैत २० गते चितवन जिल्लाको शारदानगरमा बाढी पीडित जनताको सहयोगका लागि बखान बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना भएको थियो । यसै सहकारीको माध्यमबाट नेपालमा सहकार्य बढाउनुपर्छ भन्ने भावनाले हाल मुलुकमा कूल ३४ हजार ७३७ सहकारी संस्था रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्