नुवाकोटको तारकेश्वर गापामा कार्यालय समयमा फेसबुक, टिकटक नचलाउन निर्देशन, अटेरी गरे मोबाइल जफत गरिने
नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले कार्यालय समयमा फेसबुक, टिकटक नचलाउन निर्देशन दिएका छन्। गाउँपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य केन्द्र तथा विद्यालय परिसरमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न अध्यक्ष अधिकारीले यस्तो निर्देशन दिएका हुन्।
उक्त निर्देशनको कार्यान्वयन गर्न गाउँ प्रहरीले आज वडा नं १, २, ३ र ४ का कार्यालय, स्वास्थ्य केन्द्र तथा विद्यालयहरूमा छड्के अनुगमन गरेको छ। विद्यालयमा विद्यार्थीहरूको पठनपाठनमा असर नपरोस्, सामाजिक विकृति नफैलियोस् तथा कार्यालय र स्वास्थ्य केन्द्रमा सेवाग्राहीलाई उचित सेवा उपलब्ध गराउन कुनै अवरोध नहोस् भन्ने उद्देश्यले अध्यक्ष अधिकारीले सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरेका हुन्।
अध्यक्ष अधिकारीले निर्देशनको अवज्ञा गर्दै फेसबुक वा टिकटक चलाएको पाइएमा मोबाइल जफत गर्न गाउँ प्रहरीलाई आदेश दिएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अटेरी गरे मोबाइल जफत गरिने, #टिकटक नचलाउन निर्देशन, #नुवाकोटको तारकेश्वर गापामा कार्यालय समयमा फेसबुक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्