मिटरब्याजी कल्पना गैरे नयाँ बानेश्वरबाट पक्राउ
काठमाडौं, १८ फागुन । प्रहरीले मिटरब्याजी कल्पना गैरेलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाल्पा घर भई कैलालीको धनगढी उपमहानगरपालिका बस्दै आएकी ३९ वर्षीया गैरेलाई काठमडाौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
मिटर ब्याजमा ठगी गरेको आरोपमा केही समयअघि उनीमाथि धनगढीको चौराहामा कुटपिटसमेत भएको थियो । प्रहरीले गैरेविरूद्व शुक्रबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य रहिसकेकी गैरे कैलालीको अत्तरिया र धनगढीमा ‘धर्मरुद्र’ नामक अस्पताल सञ्चालन गर्दै आएकी थिइन्। हाल उक्त अस्पताल बन्द रहेको बताइएको छ ।
उनी विभिन्न बहानामा ठगी गर्ने गिरोहकी मुख्य सदस्यका रूपमा चिनिन्छिन्। कैलालीमा ठूलो मात्रामा रकम ठगी गरेपछि पछिल्लो समय उनी पोखरामा लुकेर बसेको प्रहरीले जनाएको छ । गैरेमाथि जबरजस्ती चोरी, ठगी, र आपराधिक लाभ लिएको आरोप लागेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मिटरब्याजी कल्पना गैरे नयाँ बानेश्वरबाट पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्