एमालेले जनसंगठनको संरचना घटाउँदै, पदाधिकारी संख्या ९ जनाभित्र सीमित गर्ने निर्णय
काठमाडौं: नेकपा एमालेले आफ्ना जनवर्गीय संगठनहरूको केन्द्रीय समिति र पदाधिकारीहरूको संरचना छरितो बनाउने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले जनसंगठनका केन्द्रीय कमिटीको आकार र पदाधिकारी संख्या निर्धारण गरेको हो।
महासचिव शंकर पोखरेलका अनुसार अबदेखि जनसंगठनमा स्थायी कमिटीको संरचना नराख्ने र केन्द्रीय कमिटी तथा सचिवालय मात्र रहनेछन्। उनले सम्बन्धित संगठनहरूले आफ्ना विधान मार्फत नयाँ संरचना लागू गर्ने बताए।
एमाले सचिव पद्मा अर्यालका अनुसार ठूला जनसंगठनहरूको केन्द्रीय कमिटी १५० सदस्यीय र साना संगठनहरूको ९९ सदस्यीय हुनेछ। सबै संगठनका पदाधिकारी संख्या ९ जनाभित्र सीमित गरिने निर्णय भएको छ।
सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सोमबार बिहान जनसंगठन संयन्त्रको बैठक बोलाइएको छ। एमालेले चैत मसान्तसम्म सबै जनसंगठनको अधिवेशन सक्न समयसीमा तोकेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेले जनसंगठनको संरचना घटाउँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्