टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
काठमाडौं: काठमाडौंको टोखामा ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले गोली हानी पक्राउ गरेको छ। हरिवन–२, सर्लाहीका लाल मोहम्मदको २०७९ असोज ३ गते साँझ गोठाटारमा हत्या गरेको आरोपमा उनलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।
गुड्डु पटेल काठमाडौंको झोर, टोखामा लुकेर बसेका थिए। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भाग्ने प्रयास गर्दा गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो।
उनी काठमाडौं आएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली पक्राउ गर्न पुगेको थियो । तर, उनी भागेपछि गोली हानिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
उनलाई अहिले अस्पताल लगिएको र स्थिति खतरामुक्त रहेको बस्नेतले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा झोरमा गोली चल्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्