मोरङ एमालेको नेतृत्व हत्याउन २ प्यानलबीच भिडन्त तयारी, कसलाई कुन नेताको साथ ?
विराटनगर । नेकपा एमाले मोरङको १०औं अधिवेशनको बन्द सत्र सुरू भएको छ । शनिबारबाट जारी अधिवेशनमा ढिला गरी बन्द सत्र सुरू भएको हो । सर्वसम्मत नेतृत्व चयनका लागि नेतृत्वले दबाबकाबीच माहोल चुनावकै बनिरहेको छ ।
कोशी प्रदेशका १३ जिल्लामा अधिवेशन सकिएपछि मोरङ बाँकी थियो ।
बन्द सत्रमा संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले प्रतिवेदन पेस गरिसकेका छन् । अध्यक्षका लागि राजकुमार ओझा र अजम्बर राईले भोट माग्न थालेका छन् । पदाधिकारीमा समेत प्यानल बनाएरै प्रतिस्पर्धा हुने देखिएको छ ।
ओझा प्यानलबाट उपाध्यक्षमा शान्ति लिम्बू र सचिवमा रविन थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । उपसचिव उम्मेदवार यकिन भइसकेको छैन । ओझालाई स्थायी कमिटी सदस्यहरू शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल र प्रदेश अध्यक्ष घनश्याम खतिवडाको साथ छ ।
संस्थापन पक्षबाटै बाबुराम कार्की पनि उम्मेदवार बन्ने आशामा छन् । तर, उनको सम्भावना क्षण रहेको स्रोत बताउँछ ।
राई समूहबाट भने उपाध्यक्षमा सागर थापा र सचिवमा सोम थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू पनि प्रतिनिधिसँग भोट माग्न थालेका छन् । यो प्यानलबाट सन्तोष वान्तवा र उषा झाले उपसचिवमा मनोनयन गर्ने तयारी गरेका छन् ।
राई समूहलाई विनोद ढकालको समूहका रूपमा हेरिएको छ । ढकाल एमाले प्रदेशको अध्यक्षमा पराजित भएसँगै असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका छन् ।
कुनै बेला ओलीकै विश्वास पात्र रहेका ढकाल अहिले भने संस्थापन पक्षसँग रुष्ट छन् । उनको प्रभाव जिल्लामा बलियो रहेकाले निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान छ ।
जिल्लामा आफ्नो प्रभाव कायमै रहेको सन्देश दिन पनि ढकाल पक्ष जसरी पनि निर्वाचनमा जाने योजनामा छ । यद्यपि संस्थापन पक्ष निर्वाचन रोकेर सर्वसम्मत नेतृत्व चयनको कसरतमा रहेको छ ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले सर्वसम्मत नेतृत्व चयनको पहल भइरहेको बताए । अधिवेशनमा ९१४ जना प्रतिनिधि उपस्थित छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कसलाई कुन नेताको साथ ?, #मोरङ एमालेको नेतृत्व हत्याउन २ प्यानलबीच भिडन्त तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्