काठमाडौंका सार्वजनिक स्थानमा फोहोर फाले पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ ।
कामपा वातावरण विभागका अनुसार, कामपा क्षेत्रका घर कम्पाउन्ड एवं परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अरू सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म कारबाही गरिनेछ ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार, जथाभावी फोहोर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रूपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।
सार्वजनिक स्थानमा फोहोर फालेको महानगरको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही गरिनेछ ।
यसैबीच, कामपाले फोहोर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन ३२ वटै वडामा ६ क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ । फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको विभागको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंका सार्वजनिक स्थानहरूमा मौलिक भित्ते चित्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्