हिमपातपछि खुम्बुमा प्रहरीको गस्ती
सोलुखुम्बु, फागुन १७ गते। सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि चिसोका कारण हुने समस्या सहयोगका लागि त्यस क्षेत्रमा रहेको नेपाल प्रहरीले गस्ती सुरु गरेको छ। यसवर्ष हिउँद यामको पुस माघ महिनामा पर्न नसकेको हिउँ जाडो घट्ने बेला मध्य फागुनमा परेको हो।
उच्च हिमाली भेगमा शुक्रबार रातिदेखि हिमपात भए हो। समुन्द्र सतहबाट करिब तीन हजार ४५० मिटरको उचाइमा रहेको नाम्चे बजार भन्दा माथिको क्षेत्रमा भारी हिमपात भएको छ। यो वर्षकै ठूलो हिमपात भएपछि स्थानीय हर्षित भएका छन्।
हिउँ परेसँगै नाम्चे बजार र माथिल्लो क्षेत्र पुरै सेताम्मे भएको नाम्चेका स्थानीयले बताएका छन्। नाम्चे बजारमा करिब एक फिट हिउँ जमेको बताइएको छ। हिउँ परेसँगै चिसो अधिक मात्रामा बढेकाले चिसोबाट जोगिन सतर्कता अपनाउन आग्रह गर्दै नेपाल प्रहरीले बिहानैबाट हिमाली गस्ती सुरु गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो।
ईलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको टोलीले शनिबार बिहानैदेखि गस्ती थालेको हो। प्रहरीले हिमाली बस्तीमा पुगरे चिसोका कारण भएको समस्या बारे बुझ्ने र जोगिन सल्लाह दिने काम गरिरहेको छ।
हिमपातका कारण जाडो फर्कंदा जनजीवन प्रभावित बनेको छ। फागुनको दोस्रो साता बित्दा घट्दै गएको जाडो व्यापक हिउँ परेपछि अत्यधिक चिसो बल्झे हो। सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिके डाँडा, पत्ताले, टाक्सिन्दु, वेनी लगायत सदरमुकाम तथा आसपासका डाँडाकाँडामा हिउँ परेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ।






क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हिमपातपछि खुम्बुमा प्रहरीको गस्ती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्