टोखा–बुढानिलकण्ठ विष्णुमती करिडोर सडकको ट्रयाक खोल्ने कार्य सुरु
टोखा नगरपालिकाले टोखा प्रहरी चौकीदेखि बुढानिलकण्ठ सिमाना जोड्ने विष्णुमती करिडोर सडकको ट्रयाक खोल्ने कार्य सुरु गरेको छ।
नगर प्रमुख प्रकाश अधिकारीको नेतृत्वमा उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, वडा अध्यक्षलगायतका जनप्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको उपस्थितिमा ट्रयाक खोल्ने कार्य अगाडि बढाइएको हो। पहिलो चरणमा विष्णुमती खोलाको दायाँतर्फ तीनवटा डोजर प्रयोग गरी सडक निर्माण कार्य थालिएको छ। नगर प्रमुख अधिकारीका अनुसार आगामी दिनमा शुभ होम्स कम्पाउण्डबाट आपसी समझदारीमा बाँयातर्फको ट्रयाक पनि खोलिनेछ।
यस्तै, टोखा नगरपालिकाले मनोहरतिर्थ धामदेखि ग्राण्डी टावरसम्मको विष्णुमती करिडोर क्षेत्रलाई कालोपत्रे र पक्की सडक निर्माण गर्ने कार्य अघि बढाइसकेको छ। प्रमुख प्रशासकीय अधिकृत बिसीका अनुसार करिडोर क्षेत्रमा सार्वजनिक जग्गामा हरियाली पार्क निर्माण गर्ने योजना रहेको छ। टोखा वडा नं. ९ र ११ मा यसै वर्षभित्र पार्क निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।
टोखा नगरपालिकाले लाइफलाइन सडक निर्माणका लागि विष्णुमती करिडोर सडकको विकासलाई प्राथमिकता दिँदै आएको छ। करिडोर क्षेत्रमा रहेका अव्यवस्थित घर/टहरा हटाई जग्गाको व्यवस्थापन गर्दै सडक विस्तार भइरहेको छ। नयाँ बसपार्कदेखि विष्णुमती करिडोर हुँदै बुढानिलकण्ठ पुग्ने छोटो तथा सहज मार्गको रूपमा यस सडकलाई विकास गरिनेछ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा–बुढानिलकण्ठ विष्णुमती करिडोर सडकको ट्रयाक खोल्ने कार्य सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्