नेपालटार-डाँडागाउँ सडक छिट्टै कालोपत्रे : मेयर महर्जन
काठमाडौं, तारकेश्वर । काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत नेपालटार-डाँडागाउँ सडक छिट्टै कालोपत्रे गरिने भएको छ। लामो समयदेखि सडक अलपत्र परेको गुनासो आएपछि कामलाई तीव्रता दिन लागिएको हो ।
नगरपालिकाका मेयर कृष्णहरि महर्जनले सडक निर्माण कार्यलाई प्राथमिकता दिँदै निर्माण कम्पनी तथा इन्जिनियरहरूलाई अनुगमन गरी छिटो सक्न निर्देशन दिएका छन्। नगरपालिकाको पूर्वाधार शाखाका इन्जिनियर उज्जवल न्यौपानेका अनुसार सडक निर्माण कार्य फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने चैत्र २५ सम्म ग्यारेन्टीका साथ काम पूरा गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
यस सडकको स्तरोन्नति कार्य विभिन्न प्राविधिक कारणले ढिलाइ भएको थियो। नेपाल विद्युत् प्राधिकरणले भूमिगत तार बिच्छ्याउने कार्यका कारण निर्माण प्रक्रिया प्रभावित भएको थियो। ठेकेदार कम्पनी ‘प्रकृति कन्स्ट्रक्सन एण्ड सप्लायर्स’ का सञ्चालकका अनुसार निर्माण सामग्री ढुवानी तथा अन्य प्राविधिक समस्याका कारण काम केही ढिलो भए पनि अहिले तीव्र गतिमा अघि बढिरहेको छ।
हालसम्म सडकका खाल्डाखुल्डी पुर्ने, नाली निर्माण तथा बेस निर्माण कार्य भइरहेको छ। इन्जिनियरका अनुसार चिसो मौसममा बेस निर्माण गर्ने कार्य बाँकी रहेकाले फागुन महिनामा आवश्यक डेन्सिटी पुर्याई कालोपत्रे गरिनेछ। ठेकेदार कम्पनीले तोकिएको समयभित्रै काम सम्पन्न गर्ने जनाएको छ।
स्थानीय बासिन्दाहरू लामो समयदेखि बाटो बिग्रिएको गुनासो गर्दै आएका थिए। नगरपालिकाले समस्यालाई गम्भीर रूपमा लिँदै छिटो समाधान हुने जनाएको छ।
नगरपालिकाले निर्माण कार्यमा कुनै ढिलाइ नहोस् भनेर निरन्तर अनुगमन गरिरहेको जनाएको छ। स्थानीयहरूलाई धैर्य गर्न आग्रह गर्दै मेयर महर्जनले छिट्टैनै काम पूरा हुने विश्वास दिलाएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपालटार-डाँडागाउँ सडक छिट्टै कालोपत्रे : मेयर महर्जन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्