ताप्लेजुङको फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला भएर जुलुस-धर्ना गर्न रोक
विराटनगर । ताप्लेजुङमा केबलकार निर्माण गरिनु पर्छ र भन्नेहरू र केबलकार बन्न हुँदैन भन्नेहरूका बिचमा दिनहुँ प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
आज बिहान ५ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
निषेधाज्ञा जारी भएका स्थानमा ५ जना भन्दा बढी भेला हुन पाइने छैन । निषेधाज्ञा जारी भएको स्थानमा जुलुस धर्ना र सभा समेत गर्न रोक लगाइएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ संशोधन सहितमा भएको व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुंगलिंग नगरपालिका बजार क्षेत्रको पूर्व सल्लेरी, पश्चिम घोडे चौर, उत्तरमा उकाली पानी र दक्षिणमा शेर्पा टोल सम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
यस्तै केबलकार निर्माण भइरहेको स्थान काफ्ले पाटी क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ । केही दिन यता ताप्लेजुसंगमा नो केबलकार पक्षले केबलकार निर्माणको विरोधमा आन्दोलन गर्दै आएको छ।
नो केबलकार निर्माणको पक्षमा आन्दोलन सुरु भए पनि केबलकार निर्माण गर्नु पर्ने माग राख्दै स्थानीयले पनि आन्दोलन हुन थालेका छन् । दुवै पक्षले आन्दोलन थालेपछि केही स्थानमा झडप समेत हुन थालेको छ ।
आजदेखि नो केबलकार पक्षले फुंगलिंग नगरपालिका घेराउको कार्यक्रम राखेका छन् । घेराउका क्रममा हुन सक्ने सम्भावित झडपलाई लिएर निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #५ जनाभन्दा बढी भेला भएर जुलुस-धर्ना गर्न रोक, #breaking, #ताप्लेजुङको फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्