बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ६७ औँ शृङ्खला सम्पन्न
मिति २०८१ साल फागुन १० गते शनिबारका दिन बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ६७ औँ शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त शृङ्खला यस प्रतिष्ठानको नियमित कार्यक्रम हो ।सो कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अतिथिहरुमा प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय पार्षद अग्नि कवज, प्रगतिशील लेखक सङ्घ नेपालका मधेश प्रदेश अध्यक्ष नारायण घिमिरे, जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय सदस्य विमला विश्वकर्मा, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल ‘बन्चरो’, बुढ्यौली साहित्य समाज तथा प्रलेस महोत्तरी सचिव नारद प्रसाद काफ्ले र प्रगतिशील लेखक सङ्घ नेपाल बर्दिबास नगर समितिका सहसचिव यादवराज वाग्ले थिए ।
उक्त कार्यक्रममा सिन्धुलीका कवि गोविन्द प्रसाद काफ्लेले भिडियो मार्फत शुभकामना मन्तव्य व्यक्त गर्दै आफ्ना दुई ओटा सिर्जना वाचन गरेका थिए । यसैगरी कवि नारद प्रसाद काफ्ले, नानीराम दहाल, यादवराज वाग्ले र अग्नि कवज बाट समाजमा विद्यमान समस्याको उठान गरिएका रचना वाचन गरेका थिए ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६७ औँ पाइलासम्म आइपुग्न उपस्थिति, सहभागीता, हौसला, उत्प्रेरणा दिनुहुने सम्पूर्णप्रति हार्दिक धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथसहयोग रहने कुरामा आफू आशावादी रहेको बताए। साथै कार्यक्रम गर्न हल उपलब्ध गराएकोमा गौरीशंकर होटल सञ्चालकप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्