टोखा नगरपालिकाद्वारा ३९औं हप्ता नदी सरसफाई अभियान सञ्चालन हुँदै
टोखा । टोखा नगरपालिका, काठमाडौंले हरेक शनिबार सञ्चालन गर्दै आएको नदी सरसफाई अभियान अन्तर्गत यस पटकको ३९औं हप्ता टोखा-२, विष्णुमती करिडोर (विष्णुमती धनढिकुरे भन्दा उत्तरतर्फ) सफाइ गरिने भएको छ।
नगर कार्यपालिकाको बैठकबाट पारित निर्णयअनुसार बिष्णुमति, साङ्गलेखोला लगायतका नदीहरूलाई सफा र व्यवस्थित बनाउन यो अभियान निरन्तर सञ्चालन हुँदै आएको छ। सरसफाइ कार्यक्रममा नगरका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, स्थानीय बासिन्दा, सामाजिक संघ-संस्था, विद्यालयका विद्यार्थी तथा शिक्षक, फोहोर व्यवस्थापन संस्था, क्लव, संचारकर्मी, उपभोक्ता समिति, पूर्व प्रहरी संगठन तथा अन्य सरसफाइ अभियन्ताहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ।
टोखा नगरपालिकाले सम्पूर्ण नगरबासीलाई मिति २०८१ साल फागुन १० गते (शनिबार) बिहान ठीक ७:०० बजे तोकिएको स्थानमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकाद्वारा ३९औं हप्ता नदी सरसफाई अभियान सञ्चालन हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्