पोखरामा लिङ्देनको गर्जनः राजालाई निर्मल निवासबाट डोहोर्याएर नारायणहिटी ल्याउने छौं
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट डोहोर्याएर नारायणहिटी पुर्याउने उद्घोष गरेका छन् । उनले कांग्रेस र एमालेलाई आत्मालोचनासहित नवीन समझदारीमा आउन आह्वान गरे ।
आज पोखरामा राप्रपाले आयोजना गरेको विरोधसभामा बोल्दै लिङदेनले पूर्वराजा ज्ञानेन्द्रले हालै गरेको आह्वानलाई सबै जनताले साथ दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘राजाको सन्देश आएको छ । जनताले राजाको यो आह्वानलाई साथ दिएर अगाडि आउनुपर्ने समय आयो । म राजनीतिक दलहरुलाई पनि आह्वान गर्न चाहन्छु । ए कांग्रेस, एमाले र माओवादीहरु १ तपाईंहरुले हिजो राम्रै विचारले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता ल्याउनुभयो होला । तर, दुई दशकको अभ्यासपछि अब यो व्यवस्थाले देश चल्दैन भन्ने तपाईंहरुलाई पनि लागिसक्यो । त्यसैले अब आत्मालोचना गर्नुस । देशले थप द्वन्द्व थेग्न सक्दैन । राप्रपाले द्वन्द्व र रक्तपात चाहँदैन । त्यसैले शान्तिपूर्ण बाटोबाट सम्झौताबाट देशको समस्या समाधान गरौं । आउनुस नवीन समझदारी गरौं ।’
आफूहरूले पछाडि फर्किने कुरा नगरेको लिङदेनले बताए । हिजो र आजका राम्रा कुराहरू समेटेर सबै पक्ष अटाउने व्यवस्थामा जानुपर्ने उनको मत छ ।
लिङदेनले थपे, ‘हामी पछाडि फर्किने होइन । राजाको चाहना पनि पछाडि फर्किने होइन । हामी सबैको निष्कर्ष देश यही स्थितिमा रहिरहन सक्दैन भन्ने हो । अब हिजोका पनि राम्रा कुराहरु र आजका पनि राम्रा कुराहरु समेटेर नयाँ समझदारी गरौ. । राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्न सकिन्छ ।’
राजाको अभिभावकत्वमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने प्रस्ताव उनले अघि सारेका छन् । यो विश्वमै एउटा मौलिक प्रयोग हुने उनको भनाइ छ ।
‘एउटा-एउटा कुरा होइन, अब व्यवस्था नै परिवर्तन गरौं । अभिभावकीय संस्थाको रुपमा राजालाई राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने । यो तपाईंहरुले स्वीकार गर्नुभएन भने राप्रपाले काठमाडौं केन्द्रीत आन्दोलन गर्छ,’ लिङ्देनले भने ।
उनले अगाडि थपे, ‘निर्मल निवास र नारायणहिटीको दुरी कति छ ? जसरी तपाईंहरूले राजालाई जबरजस्ती विस्थापित गर्नुभयो, हामी निर्मल निवासबाट डोहोर्याएर नारायणहिटीबाट पुर्याउन तयार छौं । त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । यसलाई सामान्य कुरा नसम्झिनुहोला ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरामा लिङ्देनको गर्जनः राजालाई निर्मल निवासबाट डोहोर्याएर नारायणहिटी ल्याउने छौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्