चार हजार बढी विद्यार्थीको मुटु परीक्षण
बर्दिबासका चार हजार बढी विद्यार्थीको मुटुको परीक्षण गरिएको छ। नेपाल हार्ट फाउण्डेसन महोत्तरीको आयोजनामा विशेषज्ञ चिकित्सकको टोलीले विद्यालयमै पुगेर बिहीबार विद्यार्थीको मुटु परीक्षण गरेको हो।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मी र डा. अवनीभुषण शर्माको नेतृत्वमा १० जना विशेषज्ञ चिकित्सकको छुट्टाछुट्टै टोलीले बिहीबार बर्दिबास नगरपालिकाका आठ वटा वडाका चार हजार सात सय विद्यार्थीको मुटु परीक्षण गरेको हो।
आयोजक नेपाल हर्ट फाउन्डेसन महोत्तरीका अध्यक्ष दीपक कार्कीले मुटुरोग बोकेका स्कुले बालबालिकामा पछि हुनसक्ने समस्यालाई निदान गर्ने उद्देश्यले नगर क्षेत्रका विद्यालयका बालबालिकाको मुटु परीक्षण गरिएको बताउनुभयो।
शंकास्पद देखिएका विधार्थीलाई विद्यालयमै अत्याधुनिक प्रविधिद्वारा थप परीक्षण गरिएको उहाँको भनाइ छ। मुटुरोग विशेषज्ञ डा. रेग्मीले परीक्षण गरिएका विद्यार्थीमध्ये १५ जनामा मुटु समस्या पहिचान गरिएको बताउनुभयो।
चिकित्सक टोलीले अप्रेसन गर्नु नपर्ने अन्य १३ जना विद्यार्थीलाई निःशुल्क औषधी वितरणसमेत गरेको छ। बर्दिबास नगर प्रमुख प्रह्लाद क्षेत्रीले मुटु परीक्षणजस्तो जीवनोपयोगी कार्यक्रमलाई विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो।
मुटु परीक्षणका लागि बर्दिबास नगरपालिका, रोटरी क्लब अफ बर्दिबास र जिल्ला ट्राफिक प्रहरीले सहकार्य र सहजीकरण गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #चार हजार बढी विद्यार्थीको मुटु परीक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्