पूर्वराजाको आह्वानपछि जाग्यो राप्रपा, पोखरामा विशाल सभा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई साथ दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सडकमा निस्किएको छ । आज पोखरामा राप्रपाले राजसंस्था पुन:स्थापनको मागसहित विशाल र्याली आयोजना गर्यो ।
राप्रपाको आजको विरोधसभा पूर्वनिर्धारित नै थियो । तर, पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा गरेको सम्बोधनपछि यो आमसभाको महत्व र सान्दर्भिकता बढेको नेताहरूले बताएका छन् । राजाले खोजेको साथ दिन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ ।
आमसभापूर्व अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व गरेको विशाल र्यालीले नगरपरिक्रमा गरेको थियो । र्यालीमा पार्टीका हस्ती नेताहरूको सहभागीता रह्यो । र्यालीका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले राप्रपा अब सडकमा आएको र नयाँ चरणको आन्दोलनको सुरूवात भएको उद्घोष गरे ।

उनले भने, ‘यो भर्खरै सुरुवात भएको छ । कास्टिङ मात्र हो । अब हामी निर्णायक संघर्षमा होमियौं ।’
राजाको आह्वानलाई मजबुत बनाएर लैजाने निर्णय पार्टीले निर्णय गरेको उनले उल्लेख गरे ।
‘राजाको आह्वानले हामीलाई अझ उत्साह प्रदान गरेको छ । सरकारलाई साथ दिएर जाने निर्णय गरेका छौं । यो कार्यक्रमले राजाको आह्वानलाई मुर्तरुप दिन बाटो खुला गर्छ । आन्दोलन प्रारम्भ भयो,’ उनले थपे ।
राजाको आह्वानपछि बल प्राप्त भएको उनले बताए ।
पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अवस्था र व्यवस्था परिवर्तनको सुरूवात भएको घोषणा गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वराजाको आह्वानपछि जाग्यो राप्रपा, #पोखरामा विशाल सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्