सुधार केन्द्रमा युवकको मृत्यु, छानबिनको माग
ढल्केबर, फागुन ९ गते । जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका–१०, डुमरियाका २० वर्षीय राजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुधार केन्द्रका व्यवस्थापक सञ्जिव शर्माका अनुसार यादवको घाँटीमा कफ जम्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान समर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले सामान्य अवस्था रहेको भन्दै निगरानीमा राख्न सल्लाह दिए पनि साँझ अचानक अवस्था बिग्रिएपछि उहाँलाई प्रादेशिक अस्पताल पुर्याइएकाे थियो । अस्पताल पुगेपछि चिकित्सकले यादवलाई मृत घोषित गरेको उहाँले बताउनुभयो ।
तर प्रादेशिक अस्पतालका आकस्मिक कक्ष प्रमुख शरद यादवले अस्पताल ल्याउनुअघि नै यादवको मृत्यु भइसकेको बताउनुभयो । यादव पछिल्लो दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आउनुभएको थियो । उहाँ लागुपदार्थ दुव्र्यसनीमा संलग्न हुनुहुन्थ्यो ।
मृतक यादवका आफन्तले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएको कारण मृत्यु भएको आरोप लगाउनुभएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने बताउनुभयो । उहाँका अनुसार यादवको पोस्टमार्टम भइसकेको छ भने रिपोर्ट आउन बाँकी छ ।
मृतक यादव परिवारका एक्ला छोरा हुनुहुन्थ्यो । उहाँको पिता वैदेशिक रोजगारीमा हुनुहुन्छ । पीडित परिवार तथा स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्र बजारमा सडक अवरुद्ध गरेर नाराबाजी गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #छानबिनको माग, #सुधार केन्द्रमा युवकको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्