काठमाडौंको माछापोखरीबाट नुवाकोटका सुरेन्द्रसहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौंबाट अवैध लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ४० वर्षीय दीपक राय र नुवाकोटको म्यागङ गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंमा बस्ने ३३ वर्षीय सुरेन्द्र गुवाजु रहेका छन्।
काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित एक होटलमा अवैध लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी वृत्त बालाजुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट २८.५७ ग्राम खैरो हिरोइन, २० हजार नगद, १ थान डिजिटल तराजु र विभिन्न कम्पनीका तीन थान मोबाइल बरादम गरेको छ ।
पक्राउ परेका दुवैजनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहराले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौंको माछापोखरीबाट नुवाकोटका सुरेन्द्रसहित दुई जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्