आर्थिक मन्दिलाई चलायनमा बनाउन डुम्रे महोत्सव
तनहुँ, फागुन ८ गते । तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको व्यापारिक केन्द्र तनहुँको डुम्रे बजारमा आर्थिक मन्दीले व्यवसाय सुस्ताएपछि चलायमान बनाउन महोत्सव गर्न लागिएको छ ।
डुम्रे बजार नजिकै भानु नगरपालिका–१ पुलचोकमा ‘चौथो डुम्रे सास्कृतिक तथा व्यापारिक महोत्सव–२०८१ गर्न लागिएको हो । तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाई आयोजनामा “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने नारासहित सञ्चालन हुने महोत्सव यही फागुन २१ देखि चैत्र ३ गतेसम्म चल्ने छ ।
कोभिड–१९ पछिको आर्थिक मन्दीले बजारमा व्यापार घट्दै जाँदा व्यवसायी पलायन हुने क्रम बढेको, किसानले उत्पादन गरेको समान बिक्री गर्न समस्या परेको तथा होमस्टेको प्रचारप्रसार नहुँदा पाहुना बढाउन नसकिएकाले चलायमान बनाउन महोत्सवको आयोजना गर्ने निर्णय गरिएको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव सुवोध अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘‘कोभिड–१९ ले शिथिल बनाएको र हाल आर्थिक मन्दीले व्यवसायी सङ्टमा परेकाले आर्थिक चलायमान बनाउन महोत्सव गर्ने निर्णय गरेका हौं ।’’
महोत्सवले व्यापार तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन महोत्सवले योगदान दिने बन्दीपुर गाउँपालिका–४ बन्दीपुर केवलकार प्रवेश स्थलमा बिहीबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा व्यापारिक एवम् सेवामूलक उद्देश्यका एक सय २५वटा स्टल राखिने छ । जसमा स्थानीय रैथाने सामग्री र कृषि उत्पादन, शैक्षिक तथा विज्ञान प्रर्दशनीलाई निःशुल्क स्टलको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सामान खरिद बिक्री हुने सांस्कृतिको संरक्षण हुने होटल रेस्टुराँमा आर्थिक कारोबार बढ्ने भएकाले महोत्सवको आयोजना गरिएको महोत्सवका निर्देशक तथा तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष घनश्याम देवानले बताउनुभयो । बन्दीपुर गाउँपालिका १ र ४ स्थित डुम्रे तनहुँको मात्रै नभई गोरखा, लमजुङ र मनाङ जिल्लाको समेत व्यापारिक नाका भएकोले यहाँको आर्थिक तथा सामाजिक समुन्नतीमा सङ्गठित रुपमा प्रयत्न गर्न महोत्सव गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मभूमीको प्रचार प्रसार गरी पर्यटक भित्राउन मद्धत पुर्याउने उद्धेश्यले महोत्सव टेवा पुग्ने विश्वास लिईएको बताउनुभयो । बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष पञ्चमाया गुरुङले बन्दीपुर बजार मात्रै नभई बन्दीपुरका ग्रामिण क्षेत्रहरुमा पर्यटकको भुल्ने रमणीय स्थान थुप्रै भएकोले महोत्सवले ग्रामिण पर्यटन प्रवद्धनमा टेवा पुग्ने अपेक्षा लिईएको बताउनुभयो ।
बन्दीपुर केवलकारका रोमनमान श्रेष्ठ यहाँको पर्यटन प्रवद्धनको लागि महोत्सव कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्य लिएको महोत्सव मुल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईका अध्यक्ष हेमलाल भिकेले जनाकारी दिनुभयो । उहँका अनुसार महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने छ ।
महोत्सवको स्टल बुकिङ भईसकेको छ । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक मन्दिलाई चलायनमा बनाउन डुम्रे महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्