हामी देशको क्रान्तिकारी राजनीतिक शक्ति हौँ : उपाध्यक्ष श्रेष्ठ
फागुन ८ गते। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (माओवादी केन्द्र) देशको जिउँदो क्रान्तिकारी राजनीतिक शक्ति रहेको बताउनुभयो।
बिहीबार धरान उपमहानगरपालिकामा कार्यकता भेटघाट कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो। अहिले माओवादी केन्द्र देशको प्रमुख प्रतिपक्ष पार्टी भएकोले भ्रष्टाचार, बेथिति र निरकुंशताका विरुद्धमा अभियान चलाउँदै आएको बताउनुभयो।
हामीले सबै कुरालाई सुविचार गरेर अगाडि बढाउँछौं अहिले माओवादी केन्द्र सरकारमा नभएका कारण सदन केन्द्रित आन्दोलनलाई अगाडि बढाएको बताउनुभयो।
देशको आर्थिक, सामाजिक पक्षलाई सबल र समृद्ध नेपाल बनाउन विकासको मोर्चालाई तीव्र बनाउनको लागि सरकार, संसद र सडक यी ३ वटा संघर्ष मोर्चा प्रमुख हुने बताउनुभयो।
स्थानीय निकाय, प्रदेश, केन्द्र संसदमा विकास र समृद्धि तथा सुशासनको मुद्दा पनि उठाउने र त्यो नै संघर्षको प्रमुख उदेश्य रहेको उहाँले बताउनुभयो। अहिलेको सरकार निरकुंस सरकार रहेको र भ्रष्टाचारीको संरक्षणमा लागेको समेत उहाँले आरोप लगाउनुभएको छ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारलाई कटिबद्ध गराउन समेत लागि परेको उहाँले बताउनुभयो। नेकपा (माओवादी केन्द्र) सरकार बनाउने वा गिराउनेभन्दा पनि संगठनलाई बलियो बनाएर आर्थिक–सामाजिक रूपान्तरणको नेतृत्व गर्ने दिशामा लागेको उहाँले जानकारी दिनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #हामी देशको क्रान्तिकारी राजनीतिक शक्ति हौँ : उपाध्यक्ष श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्