रुपन्देहीमा ढुंगा प्रहार गरेर महिलाको हत्या, परालले छाेपेर फालिएको अवस्थामा शव फेला
रुपन्देहीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।
‘टाउकोमा चोट देखिएको छ । टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको हुनसक्छ’, कार्कीले भने ।
सूचना अधिकारी कार्कीले महिलाको पहिचान हुन बाँकी रहेको बताए । यस्तै, घटना बारेमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिसकेको उनले बताए । बिहीबार विहान साढे ११ बजे परालले ढोकेको अवस्थामा शव फेला परे पछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

रुपन्देही प्रहरीले तालिम प्राप्त कुकुर नै परिचालन गरीअनुसन्धान गरेको छ। सियारी गाउँपालिकाका प्रवक्ता दीपकबहादुर शाहीका अनुसार अनुहार नचिनेगरी मुखमा चाेट भएको र अहिलेसम्म स्थानीय भएको भए खोजी हुने भएकाले बाहिरै हत्या गरेर रातिको अवस्थामा यहाँ ल्याएर फालिएको आंकलन गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #परालले छाेपेर फालिएको अवस्थामा शव फेला, #रुपन्देहीमा ढुंगा प्रहार गरेर महिलाको हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्