आइभिएफ सेवाको झुठ्ठो प्रचारप्रसार नगराउन मन्त्रालयको निर्देशन
काठमाडौं, फागुन ६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइभिएफ सेवाको झुठ्ठो प्रचारप्रसार नगराउन निर्देशन दिएको छ ।
मन्त्रालयले आइभिएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्रचार गर्दै आइभि एफ सेवा सम्बन्धमा झुठ्ठो प्रचारप्रसार नगर्नु/नगराउन आग्रह गरेको हो ।
स्वास्थ्य संस्थाले आइभिएफ सेवा सम्बन्धमा झुठ्ठो प्रचारप्रसार तथा चर्को मिडियाबाजी गरी सेवाग्राहीलाई चरम ठगी गरेको साथै मनोमानी ढङ्गले शुल्क समेत असुल्ने गर्ने गरेको भनी गुनासो प्राप्त गरेको यस्तो निर्देशन दिएको मन्त्रालयको भनाइ छ ।
सेवा शुल्कको विवरण संस्थाको वेब साइडमा अनिवार्य रुपमा राख्ने व्यवस्था मिलन मन्त्रालयको निर्देशन छ ।
यदि शाखा स्थापना गरी सेवा सञ्चालन गर्न चाहेमा अनुमति प्रदान गर्ने निकायबाट मापदण्ड बमोजिमको प्रकृया पूरा गरी पुनः अनुमति लिन मन्त्रालयले आग्रह गरेको छ ।
संस्थामा सेवाका लागि आउने विपन्न, असायक बिरामीका लागि दश प्रतिशत निः शुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ ।
संस्थाबाट प्रदान गरिएका सेवाको प्रतिवेन प्रत्येक चौमासिक रुपमा अनुमति प्रदान गर्ने निकायमा अनिवार्य रुपमा उपलब्ध गराउन आग्रह मन्त्रालयले गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आइभिएफ सेवाको झुठ्ठो प्रचारप्रसार नगराउन मन्त्रालयको निर्देशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्