सञ्चारमन्त्री गुरूङद्वारा खेलकुद तथा सांस्कृतिक महोत्सवकाे उद्घाटन
लमजुङ, फागुन ६ गते । सदरमुकाम बेशीसहरमा आजदेखि प्रथम खेलकुद तथा सांस्कृतिक महोत्सव सुरू भएको छ । सहजी खेलमैदानमा सुरू भएको महोत्सवको सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले उद्घाटन गर्नुभएको छ ।
भलिबल, कराँते, छेलो लगायतका विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रचार गर्न आयोजित महोत्सव १८ गतेसम्म सञ्चालन हुने आयोजक जिल्ला खेलकुँद विकास समिति लमजुङले जानकारी दिएको छ । युवालाई खेल, संस्कृति र व्यवसायतर्फ आकर्षित गर्न महोत्सवले भूमिका खेल्ने आयोजक समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो ।
“महोत्सवको माध्यमबाट पर्यटन प्रवर्द्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउनुको साथै खेल पूर्वाधारको विकासमा लगानीको वातावरण बनाउने उदेश्य लिएका छौं”, गुरुङले भन्नुभयो, “महोत्सवबाट भएको आम्दानीले बेसीसहरमा रहेको सहजी खेल मैदान विस्तारका लागि थप जग्गा खरिद गर्ने योजना बनाएका छौं ।”
महोत्सवमा जिल्लास्तरीय पुरुष तथा महिला भलिबल, विद्यालयस्तरीय कराँते प्रतियोगिता, छेलो तथा स्नुकर प्रतियोगिता, आमा समूहको सामूहिक नृत्य प्रतियोगिता राखिएको जिल्ला खेलकुँद विकास समितिका सदस्य सिजन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताका विजयीलाई आकर्षक पुरस्कार व्यवस्था गरिएको आयोजक समितिका सदस्य राजु अर्यालले बताउनुभयो ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रर्दशनी, स्थानीय घरेलु तथा हस्तकला प्रर्दशनी, कृषि, पशु तथा जडीबुटी प्रर्दशनी, सांस्कृतिक झाँकी तथा र्याली, परम्परागत खाना महोत्सव, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, बाल उद्यान, पर्यटन प्याकेज टुर जस्ता कार्यक्रम राखिएको गण्डकी प्रदेश खेलकुद परिषद सदस्य दिवाकर बरालले जानकारी दिनुभयो ।
महोत्सवमा दुई सय स्टल राखिएका छन् । करिब छ लाख दर्शकले अबलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट करिब डेढ करोड रुपियाँ आम्दानी हुने अपेक्षा राखिएको आयोजक समितिका कोषाध्यक्ष प्रल्हाद बोहोराले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #सञ्चारमन्त्री गुरूङद्वारा खेलकुद तथा सांस्कृतिक महोत्सवकाे उद्घाटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्