नेपाली विद्यार्थीलाई धम्क्याउने किट कलेजकी कर्मचारीले माफी मागिन्
काठमाडौं । भारतको ओडिसा राज्यस्थित किट युनिभर्सिटीकी होस्टेल स्टाफले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक माफी मागेकी छन् । नेपालकी छात्रा प्रकृति लम्सालको मृत्यूपछि शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई उनले हप्कीदप्की गरेकी थिइन् ।
एक भिडिओ सन्देश जारी गर्दै उनले क्षमायाचना गरेकी हुन् ।
उनले भनेकी छन्, ‘यो भिडिओ म गत १६ फेब्रुअरीको रात भएको घटनामा मैले बोलेका कुराहरूप्रति क्षमायाचना गर्न बनाइरहेकी छु । त्यसबेला मैले दिएको अभिव्यक्ति मेरो व्यक्तिगत थिए । यसमा किट युनिभर्सिटीका कुनै पनि अधिकारीको संलग्नता छैन । मेरो अभिव्यक्तिले मेरा नेपाली विद्यार्थी र नेपाली जनताको भावनामा चोट लाग्न गएकोमा म गम्भीर क्षमायाचना गर्छु ।’
यी कर्मचारीले नेपाली विद्यार्थीहरुलाई थर्काउँदै तुरुन्तै आफ्नो सामान प्याक गरेर घर फर्किन चेतावनी दिएकी थिइन् । उनीसहित दुई महिलाहरुले थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपालीहरूले मात्र नभएर भारतीयले पनि उनको यस्तो हर्कतको आलोचना गरेका छन् ।
कलेजले आज एक सूचना जारी गर्दै उनीसहित ५ जना कर्मचारीलाई कारवाही गरिएको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाली विद्यार्थीलाई धम्क्याउने किट कलेजकी कर्मचारीले माफी मागिन्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्