विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षिका थप पाँच दिन हिरासतमा
तनहुँ, फागुन ६ गते । विद्यार्थीको गालामा तातो पन्यु डामेर यातना दिने तनहुँकी एक शिक्षिकालाई थप पाँच दिन हिरासतमा राखिएको छ ।
भीमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका ३४ वर्षीया शिक्षिका सुष्मा श्रेष्ठलाई दोस्रो पटक थप पाँच दिन हिरासतमा राख्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको हो ।
तीन जना विद्यार्थीको गालामा तातो पन्युले डामेर यातना दिएको घटना सार्वजनिक भएपछि माघ ३० गते श्रेष्ठलाई पक्राउ गरी पहिलो पटक पाँच दिनको म्याद थप भएकोमा पुनः पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँको सूचना अधिकारी अशोक थापाले बताउनुभयो ।
बालबालिकाविरुद्धको कसुरमा थप अनुसन्धान गर्न माग गरिएकाले अदालतको बाल इजलासले अनुमति दिएको प्रहरीले जनाएको छ ।
विद्यार्थीले जिस्क्याएको तथा होहल्ला गरेको भन्दै लेखापाल श्रेष्ठले पन्यु तताएर कक्षा ४ मा अध्यरत चार बालकको गालामा डामेर यातना दिएको भन्दै परिवारले जाहेरी दिएका थिए । घटना सार्वजनिक भएसँगै चौतर्फी कारबाही माग गर्दै दबाब सिर्जना भएको थियो । यस घटनाको छानबिन गर्न भिमाद नगरपालिकाकाले कार्यदल गठन गरेको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव सन्तोष पौडेलको संयोजकत्वमा एक जना जनप्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरिएको भीमाद नगरपालिकाको उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षिका थप पाँच दिन हिरासतमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्