पाइप लाइनबाट ल्याएको पेट्रोल वितरण
काठमाडौँ, फागुन ६ गते । पाइप लाइनबाट ल्याएको पेट्रोल वितरण गर्न थालिएको छ । पाइप लाइनबाट ल्याई बाराको अमलेखगन्जमा भण्डारण गरिएको पेट्रोल वितरण गरिएको हो । नेपाल आयल निगम मधेश प्रदेश कार्यालयका अनुसार तीन दिनदेखि पाइप लाइनमार्फत आएको पेट्रोल विराटनगर, पोखरा र जनकपुरको ट्याङ्करलाई लोड दिन सुरु गरिएको छ ।
कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले पाइप लाइनबाट ल्याएको पेट्रोल वितरण सुरु गरिएको जानकारी दिनुभयो । मोतीहारीदेखि पाइप लाइनबाट आयात गरिएको पेट्रोल अमलेखगन्जमा भण्डारण गरिन्छ । पाइप लाइनबाट ल्याएको पाँच हजार पाँच सय किलोलिटर पेट्रोल वितरण सुरु गरिएको कार्यालयले जनाएको छ । बजारको आवश्यकताका आधारमा पेट्रोल आयात भइरहेको आचार्यले जानकारी दिनुुभयो । यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेलसमेत ल्याउन थालिएको कार्यालयले जनाएको छ ।
पाइप लाइनबाट प्रतिदिन छ हजार किलोलिटर पेट्रोल ल्याउन सक्ने क्षमता रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पाइप लाइनबाट प्रतिघण्टा तीन सय किलोलिटरका दरले इन्धन ल्याउन सक्ने क्षमता भए पनि हाल परीक्षण ढुवानी प्रतिघण्टा १५० देखि २५० किलोलिटरका दरले भइरहेको छ । पेट्रोल आउन थालेपछि दक्षिण एसियामै पहिलो अन्तरदेशीय पाइप लाइन नेपाल–भारतको सीमामा मोतीहारी–अमलेखगञ्ज पाइप लाइन पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
नेपालमा वार्षिक सात लाख किलोलिटर पेट्रोल खपत हुन्छ । यसमध्ये पाइप लाइनबाट ७० प्रतिशतका दरले चार लाख ९० हजार किलोलिटर आयात गर्ने लक्ष्य निगमले राखेको छ । पाइप लाइनबाट आयात गरिएको पेट्रोल भण्डारण गर्न तीन वटा ट्याङ्की निर्माण गरिएको छ । जसमा १७ हजार ४९० किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । बजारको आवश्यकता अनुसार पाइप लाइनबाट पेट्रोल आयात गरिने आचार्यले जानकारी दिनुभयो ।
हाल अमलेखगन्जबाट दैनिक पाँच सय किलोलिटर पेट्रोल खपत हुने गर्छ । कार्यालयले यसअघि पाइप लाइनबाट पेट्रोल आयात गरी सफल परीक्षण भएपछि नियमित रूपमा आयात गर्न लागेको हो । पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १.५० पैसा मूल्य ढुवानी रकम बचत हुने निगमले जनाएको छ । पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँचदेखि छ करोड रुपियाँ र वार्षिक ६० देखि ७० करोड रुपियाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पाइप लाइनबाट ल्याएको पेट्रोल वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्