कार्यपालिका बैठकमै वडाध्यक्षद्वारा शिक्षा प्रमुखमाथि हातपात, कर्मचारी आन्दोलित
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका छन् । घटनाकाे विराेधमा सबै कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नं २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेकाे कर्मचारीहरुकाे भनाइ छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१/११/५ गते दिउँसो १२ः१५ बजे यस रोहिणी गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेलाई आमन्त्रित गरी बैठकमा सहभागिता जनाउनुभएको हो । निज वडाअध्यक्ष करम हुसेन खानले बारम्बार कर्मचारीहरुलाई गालीगलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अप्रिय अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको अवस्था छ ।’
यस परिस्थितिमा कुनै राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने कार्यले अत्यन्तै मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ ।
‘कार्यालय समयमै कर्मचारीहरुमाथि आक्रमण हुनु अत्यन्तै खेदजनक कार्य हो, सम्पूर्ण गाउँपालिकाका कर्मचारीहरु यस निदनीय कार्यको घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।
कर्मचारीहरुले घटनाको दोषीउपर कडा कारवाही गरी गाउँपालिकामा भयरहित र स्वतन्त्र ढंगले कार्यालयका कामहरु सञ्चालन गर्ने वातावरण नबनेसम्म गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएका छन् । ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’, विज्ञप्तीमा उल्लेख छ ।
तर वडाध्यक्ष हुसेनले शिक्षा समितिका विषयमा कुरा उठेपछि सामान्य धकेलाधकेल भएको दावी गरे ।
‘सामान्य घटना हो, मेयरको दवावमा बढी चर्चा गराइएको हो । केही बढी बोलियो होला तर पहिले उहाँले बोतल उठाएपछि मैले थकेलेको हो । सबै सिसिटिभीमा हेर्न सकिन्छ नि’ उनले भने ।
हुसेनले थपे, ‘शिक्षा समितिको म्याद सकिए पनि गठनको लागि बोलाउनुभएन । आफैं गठन गर्नुभएको रहेछ । छ महिनादेखि कार्यपालिका बैठक बसेन । आज बसेको थियो । बैठकमा पालिका अध्यक्षले शिक्षा समितिमा कुरा उठाउनुभयो । तर मैले शिक्षा समितिमा भएको अनियमितताबारे कुरा उठाएको हुँ । बिद्यालय निरिक्षकले ममाथि आरोप लगाउनु भएर विवाद बढेको हो,’ उनले भने ।
उनले घिमिरेले मधु घिमिरे पालिकामा आएपछि शिक्षा क्षेत्रमा अनियमितता बढेको र आफूहरुले यस विषयमा प्रष्ट नहुँदासम्म आफूहरुले पनि शिक्षा समितिमा तालाबन्दी गरिएको बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्मचारी आन्दोलित, #कार्यपालिका बैठकमै वडाध्यक्षद्वारा शिक्षा प्रमुखमाथि हातपात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्