पत्रकारले प्रश्न सोध्दा सीमा नाघे : सूर्य थापा
काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाले पत्रकारहरुले परिचालित भएर प्रश्न सोधेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पत्रकारहरुले मर्यादा, सामाजिक शिष्टाचार, कानुन, संविधानसमेतको ख्याल नराखी प्रश्न गर्ने गरेको बताएका हुन् ।
उनले भने, ‘मिडिया व्यवस्थापन संसदको छवीसँग जोडिएको छ । संसदहरुलाई कस्ता प्रश्न सोध्ने ? ति प्रश्न संविधान कानून बमोजिम हुनुपर्छ कि पर्दैन ? ति प्रश्नमा गालीगलौज अथवा पेड मिडियाको भूमिका खेल्नेगरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्नेगरी प्रश्न गर्न पाइन्छ की पाइँदैनन् ? म आफैंले पनि भोगेको र हिजो प्रधानमन्त्रीज्यूलाई लक्षित गरेर सोधिएका प्रश्नहरुमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीज्यू प्रश्न उत्तर कार्यक्रमबाट बाहिँरिदा ‘तपाईं हिटलर हो’भनेर प्रश्न गरियो, नेपालको संसदले बनाएको प्रधानमन्त्री हिट्लर हुन्छ र सभामुख महोदय । संसद् सचिवालयको अनुमतिले रिपोर्टिङमाआएका पत्रकार साथीहरुले कानुन, संविधान, आचारसंहिता, सामाजिक शिष्टाचारलाई ध्यान नदिई यस्ता गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ?’ प्रश्न गर्दैै उनले भने, ‘मिडिया म्यानेजमेन्ट गर्नेतिर, संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम यवस्थित गरियोस् । मलाई नै एक जना मिडियाकर्मीले बुम तेसौएर‘तपाईँ हनुमान हो ?’भनेर प्रश्न गर्नुभयो । सांसदहरुलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म यो गम्भीरतापूर्वक ध्यानाकार्षण गराउन चाहन्छु ।’’
साथै उनले बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले प्रधानमन्त्रीलाई ‘तपाईँ हिटलर हो’ भनेर प्रश्न गरेको र आफूलाई भने ‘तपाईँ हनुमान हो’ भनेर सोधिएको उनले बताए ।
साथै उनले आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सांसदहरुको प्रश्न सोध्ने पाउने अधिकारको दुरुपयोग गरेर प्रधानमन्त्रीमाथि प्रश्न सोधेको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकारले प्रश्न सोध्दा सीमा नाघे : सूर्य थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्