हुलाक टिकटमा लोपोन्मुख कला संस्कृति समेटिनुपर्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, फागुन ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत समाजको लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभएकोछ । हुलाक सेवा विभागले आज सप्ताहव्यापीरूपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले हुलाक विभागले अब आवेदन आव्हान गरेर मात्र होइन, आवश्यक परेको खण्डमा ऐतिहासिक विषयवस्तु खोजेर टिकट प्रकाशन गर्नुपर्ने सुझाव दिनुभएको हो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधैँ जगेर्ना गर्ने दस्तावेज समेत रहेको बताउनुभयो । साथै उहाँले टिकटमा राजनीतिक गतिविधि र सत्तामा रहेका नेताहरूको बढी टिकट भए पनि मुलुकमा लोपोन्मुख रहेका कला संस्कृति, वनजन्तु, रैथाने जीवनशैलीहरू खोजेर दस्तावेज गर्न छुटेको बताउनुभयो । उहाँले विभागलाई निर्देशन दिँदै भन्नुभयो, “हामी धेरै राजनीतिक टिकट बनाउन जोड दियोँ, समाजका अन्य महत्त्वपूर्ण विषय छुटेका छन् ।” मन्त्री गुरुङले समाजका रैथाने मुल्यमान्यता, जीवनशैली, पर्यटनलाई प्रवर्धन गर्नेखालका विषयवस्तु समेत हुलाक सेवाले आफैँले पहिचान गरी छाप्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले हुलाक टिकटलाई समयसापेक्ष आधुनिकीकरण गर्न मन्त्रालय सधैँ तत्पर रहेको जानकारी गराउँदै जनसेवामुखि भएर हुलाक सेवामा काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले हुलाक टिकटलाई आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्री गुरुङले नयाँ हुलाक टिकट ‘पञ्चमार्क मुद्रा’ र ‘भित्रीकोट दरबार’ टिकटको आवरणमा टाँचा प्रदान गर्नुभएकोछ । भगवान गौतम बुद्धको राजप्रसाद रहेको प्राचिन कपिलवस्तु तिलौराकोटको खोजअनुसन्धान गरी जमिनबाट उत्खनन् गरिएको ऐतिहासीक ‘पञ्चमार्क मुद्रा’ हो भने प्युठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौविसे राज्यमा विभाजित रहेको समयमा चौबिसे राज्य अन्तर्गतको शक्तिशाली राज्यको रूपमा रहेको मानिन्छ ।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले हुलाक टिकटको एेतिहासिक महत्त्व दर्शाउँदै विभागले पुरातात्विक महत्त्व राख्ने विषयवस्तु खोजेर टिकट बनाउनेतर्फ कार्य योजना बन्दैगरेको बताउनुभयो । “यस्तो थुप्रै रोचक र एेतिहासीक खोजमुलक विषय वस्तु छन्, जुन टिकट बनाउन आवश्यक छ” उहाँले भन्नुभयो, “विभागले आफै पनि अनुसन्धान गर्ने तयारीमा छौँ र केही कार्य थालनी पनि गरेका छौँ ।”
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हुलाक टिकटमा लोपोन्मुख कला संस्कृति समेटिनुपर्छ : सञ्चारमन्त्री गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्