भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत फेला, अन्यलाई पनि कलेज छाड्न निर्देशन
काठमाडौं । भारत ओडिशाको केआईआईटी विश्वविद्यालयको होस्टेलमा एक नेपाली विद्यार्थी मृत भेटिएपछि सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिइएको छ ।
भुवनेश्वरस्थित उक्त विश्वविद्यालयको होस्टलमा आइतबार साँझ बीटेक तेस्रो वर्ष अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएपछि त्यहाँ तनाव उत्पन्न भएको हो ।
उनको मृत्युको कारण अझै पत्ता लागेको छैन । रिपब्लिकका अनुसार उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।
स्थानीय मिडिया रिपोर्टहरूका अनुसार, उनलाई पूर्वप्रेमी, एक मेकानिकल इन्जिनियरिङ विद्यार्थीले दुर्व्यवहार गरेको आरोपसमेत लागेको छ ।
उक्त घटनापछि विश्वविद्यालयले त्यहाँ अध्ययनरत सबै नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न निर्देशन दिएको हो ।
विद्यार्थीको मृत्युपछि, क्याम्पसका नेपाली विद्यार्थीहरूले अनुसन्धानमा पारदर्शिताको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरूले सडक अवरुद्ध गरे र मृतकको पूर्वप्रेमीलाई पक्राउ गर्न आह्वान समेत गरेका छन् ।
तनाव थप बढ्दै जाने देखिएपछि विश्वविद्यालयले नेपालका सबै विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न निर्देशन दिँदै सूचना जारी गरेको हो ।
सूचनामा सोमबारभित्र विश्वविद्यालय छाडिसक्न निर्देशन दिइएको छ ।
विश्वविद्यालयको विज्ञप्तिमा भनिएको छ, ‘बीटेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले हिजो होस्टेलमा आत्महत्या गरेकी थिइन् । उक्त विद्यार्थीको अर्का विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको आशंका छ । त्यस्तै, कुनै कारणले गर्दा विद्यार्थीले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अन्यलाई पनि कलेज छाड्न निर्देशन, #भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्