कांग्रेसमा नयाँ प्रस्ताव- स्थानीय तहको चुनाव संघ र प्रदेशपछि मात्रै
काठमाडौं । निर्वाचन प्रणाली सुधारको बहस चलिरहेको बेलामा सत्तारुढ नेपाल कांग्रेसमा नयाँ बहस सुरू भएको छ । संघ र प्रदेशको निर्वाचनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बहस सुरू भएको हो ।
स्थानीय तह निर्वाचनको तुस आम निर्वाचनमा परेको साथै बागी/विद्रोही बढ्दा पार्टीलाई ठूलो नोक्सानी भएको निष्कर्षसहित कांग्रेसमा नयाँ बहस सुरू भएको हो ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघ र प्रदेशको निर्वाचन पहिला र स्थानीय तहको निर्वाचन पछि गर्नुपर्छ भन्ने कुरा पार्टीमा प्रवेश भएको बताए ।
उनले भने, ‘स्थानीय तहको संघ र प्रदेशको भन्दा पछि या एकैपटक गर्दा उपयुक्त हुन्छ भन्ने कुरा पार्टीमा उठेको छ । यो कुरा कांग्रेसमा मात्रै होइन । अरु पार्टीमा पनि उठिरहेको विषय हो ।’
उनले अहिले पार्टीमा विषय प्रवेशमात्रै भएको भन्दै कुनै निर्णय नभएको बताए ।
उनले भने, ‘अहिले छलफलमात्रै भएको छ । अहिलेसम्म कुनै निर्णय भएको छैन । भोलिको दिनमा के हुन्छ अहिले भन्न सकिँदैन ।’
यो विषय पार्टी सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बसेको बैठकमा पनि उठेको थियो । त्यसअघि बसेको संसदीय दलको बैठकमा पनि सांसदहरूले संघ र प्रदेशको भन्दा स्थानीय तहको चुनावलाई पछि गर्नुपर्ने सुझाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसमा नयाँ प्रस्ताव- स्थानीय तहको चुनाव संघ र प्रदेशपछि मात्रै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्