देश बनाउने अभियानमा लागौँ : महासचिव पोखरेल
तुलसीपुर, फागुन ५ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउने अभियानमा लाग्न सबैलाई आव्हान गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ११ मालेडाँडामा रहेको श्रीमणी स्मृति पार्कको शिलान्याश गर्दै महासचिव पोखरेलले सो आव्हान गर्नुभएको हो ।
देश र जनताको पक्षमा काम गर्ने नेतृत्वका लागि जनस्तरबाट हौसला प्रदान गर्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो, “देशमा काम भएन, देशमा बस्ने वातावरण छैन भन्दै नकारात्मक आलोचनाभन्दा विकासले फड्को मारेको अवस्थामा, सकारात्मक सन्देश प्रवाह जनस्तरबाट हुनुपर्छ ।”
पार्क निर्माण समितिका अध्यक्ष घमण्डबहादुर मल्लको अध्यक्षता एवम नेकपा (एमाले) का महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा शिलन्याश कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका पोखरेलले बस्ती विकाससँग सँगै खुल्ला क्षेत्रको संरक्षण र देशको लागि योगदान दिएका व्यक्तिहरुको सम्झनामा पार्क निर्माण गरिनु सकारात्मक काम भएको बताउनुभयो । उहाँले श्रीमणी आचार्यको कम्युनिष्ट आन्दोलनका साथै सामाजिक, शैक्षिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
शिलान्याश कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले गुरु योजनासहित पार्क निर्माण सुरु गरिएको र यसबाट यस क्षेत्रको पर्यापर्यटनमा समेत टेवा पुग्ने बताउनुभयो । एक बिघा क्षेत्रफलमा निर्माण गरिने पार्कमा सौन्दर्यकरण, खुल्ला व्यायामशाला, फुटपाथ ब्लक रहनेछ ।
संघीय सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङका प्रमुख प्रवीण शाहका अनुसार एक करोड ५३ लाख बजेटमा ठेक्का प्रक्रियाबाट टेण्डर भई एक करोड चार लाखको लागतमा संरचना निर्माण सम्झौता भई काम सुरु गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देश बनाउने अभियानमा लागौँ : महासचिव पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्