मस्कले रोके नेपाल लगायतका देशलाई दिँदै आएको ७५ करोड अमेरिकी डलर
काठमाडौं । विश्वकै धनीमध्ये एक एलन मस्क प्रमुख रहेको संस्थाले अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको ७५ करोड अमेरिकी डलर (लगभग एक खर्ब तीन अर्ब रुपैयाँ) सहायता रोक्ने निर्णय गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारी खर्च घटाउने उदेश्यले स्थापना गरेको डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसिएन्सी (डीओजीई)ले उक्त निर्णय गरेको हो । डीओजीईको प्रमुख विश्वकै धनी व्यक्ति एलन मस्क हुन् ।
उक्त निर्णयमा अमेरिकाले संघीयता र जैविक विविधताका क्षेत्रमा नेपाललाई उपलब्ध गराउँर्दै आएको करिब साढे पाँच अर्ब रुपैयाँ पनि परेको छ । डीओजीईले सामाजिक सञ्जाल एक्समार्फत नेपाली समयअनुसार आइतबार बिहान उक्त निर्णय सार्वजनिक गरेको हो ।
डीओजीईले नेपालको संघीयताका क्षेत्रमा दुई करोड र जैविक विविधता क्षेत्रमा एक करोड ९० लाख गरी कुल तीन करोड ९० लाख अमेरिकी डलर (लगभग पाँच अर्ब ३९ करोड रुपैयाँ) सहायता रद्द गरिएको जनाएको छ ।
डीओजीईले नेपाल, मोजाम्बिक, कम्बोडिया, पराग्वे, सर्विया, माल्डोभा, भारत, बंगलादेश, लाइबेरिया, माली लगायतका देशलाई उपलब्ध गराउँदै आएको सहायता रद्द गरेको घोषणा गरेको हो ।
अमेरिकाले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत सन् २०२२ यता नेपाललाई प्रत्येक वर्ष औसतमा १२ करोड ५० लाख अमेरिकी डलर (करिब १७ अर्ब २९ करोड रुपैयाँ) उपलब्ध गराउँदै आएको छ ।
यूएसएआईडीले अनावश्यक रूपमा सहायता उपलब्ध गराउँदै आएको आरोप लगाउँदै राष्ट्रपति भएलगत्तै ट्रम्पले यसबाट दिँदै आइएको सहायता तीन महिनाको लागि रोक्ने आदेश जारी गरेका थिए ।
त्यसपछि जीओजीईले यूएसएआईडीले उपलब्ध गराएको सहायताको अनुसन्धान गर्दै आएको छ । यसैक्रममा डीओजीईले नेपाल लगायतका देशलाई उपलब्ध गराइँदै आइएको ७५ करोड अमेरिकी डलरभन्दा बढी रकम रोक्ने निर्णय गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मस्कले रोके नेपाल लगायतका देशलाई दिँदै आएको ७५ करोड अमेरिकी डलर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्