खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार

संखुवासभा, ४ फागुन । संखुवासभाको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियालाई ९ नम्बरका वडाध्यक्ष विमलराज गौतमले मदिरा सेवन गरि कार्यकक्षामा नै दुब्र्यबहार गरेका छन् ।
आइतबार दिउँसो करिब ४ बजेतिर मेयर थपलियाको कार्यकक्षामा प्रवेश गरि खाँदबारी नगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष विमलराज गौतम र सोही वडाका पूर्ववडाध्यक्ष टिकाराम कुमालले मदिराले लठिएको अवस्थामा मेयरमाथि दुब्र्यबहार गरेका हुन् । मेयरको कार्यकक्षामा छिरेर मनपरी बोल्ने, होहल्ला गर्ने लगायतका विभिन्न भाषाहरु प्रयोग गर्दै कार्यकक्षामा बसिरहेको अवस्थामा हातपात गर्ने प्रयास गरेको मेयर थपलियाले बताए । उनीहरु मदिराले मातेको अवस्थामा कार्यकक्षामा छिरेको र विभिन्न खालका कुराहरु गर्न थालेपछि तपाईहरुसँग अर्को दिन फ्रेस भएको अवस्थामा कुरा गर्ने भन्दा पनि जबरजस्ती गर्दै हातपात गर्ने प्रयास गरेको मेयर थपलियाले बताए ।
मदिराले मातेको अवस्थामा मेयर थपलियालाई दुब्र्यबहार गर्न थालेपछि नगरप्रहरी र मेयरका स्वकीय सचिव गोकुल खनालले कार्यकक्षाबाट बाहिर निकाल्ने प्रयास गर्दा समेत नमानेको मेयर थपलियाको भनाइ छ । मदिराको सुरमा होहल्ला गर्ने र हातपात गर्ने प्रयास भएपछि नगर प्रहरीले सम्हाल्न नसकेपछि तुरुन्त प्रहरीलाई फोन गरेर मेयरको कार्यकक्षाबाट बाहिर निकालेका थिए ।
अहिले मदिराले मातेको गौतम र कुमाल जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा रहेका छन् । उनीहरु विरुद्ध मेयर थपलियाले उजुरी दिएका छन् । गत २०७९ को स्थानीय तहको निर्वाचनमा मेयर थपलिया नेपाली कांग्रेसबाट निर्वाचीत हुन् भने वडाध्यक्ष गौतम र कुमाल नेकपा एमालेबाट निर्वाचीत भएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #९ नम्बर वडा, #अध्यक्ष, #खाँदबारी नगरपालिका, #मेयर माथी दुर्ब्यवहार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्