काठमाडौं महानगरकाे दादागिरीले शारीरिक र मानसिक दबाब बढेकाे भन्दै कबाडी व्यवसायीले गुहारे मानव अधिकार आयाेग
काठमाडौं । कवाड व्यवसायी समाज नेपालले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।
कवाडी व्यवसायीहरुले आज आयोगका अध्यक्ष मगरलाई भेटेर काठमाडौं महानगरपालिकाले एक वर्षदेखि कवाडहरुमा डोजर चलाउने, महानगर प्रहरीले व्यवसायीलाई कुटपीट, गाली गलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
महानगर प्रहरीले दादागिरी शैलीमा कुटपटि गर्दा व्यवसायी अङ्गभङ्ग हुनु परेको र केहि मानिस अझै उपचाररत रहेका उनीहरुले बताएका छन् । पेशा व्यवसायमा आवद्ध मानिसको गरिखाने आधार भत्काइरहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
व्यवसायी शारिरिक र मानसिक दवाव झेल्न वाध्य भएको बताउँदै हाल साइकलमा कवाड संकलन गर्दै आएका संकलकका साइकल र कवाड समान जफत गरिरहेको उनीहरुले गुनासो गरेका छन् ।
प्रचलित कानुन बमोजिम दर्ता भई आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथि भइरहेका अराजक गतिविधि रोक लगाई कवाड व्यवसायीलाई स्वतन्त्र रुपमा आफ्नो पेशा व्यवसाय गर्न पाउने हक सुनिश्चित गरिदिन अध्यक्ष मगरसमक्ष अनुरोध गरेका छन् ।
प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको ३२ वटै वडाहरुमा कवाड व्यवसाय संचालन गर्दै आइरहेका थिए । तर महानगरपालिकाले भने कवाडी व्यवसायीमाथि जाइलाग्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरकाे दादागिरीले शारीरिक र मानसिक दबाब बढेकाे भन्दै कबाडी व्यवसायीले गुहारे मानव अधिकार आयाेग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्