महाधिवेशनबाट पारित दस्तावेज प्रकाशनमा तलमाथि हुनसक्ने झलनाथको आशंका
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेताले पार्टीको महाधिवेशनले पारित गरेका वैचारिक दस्तावेज प्रकाशनमा केन्द्रीय कार्यालयबाट तलमाथि हुनसक्ने आशंका गरेका छन् ।
समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले महाधिवेशनले पारित गरेका दस्ताबेज प्रकाशनको बेला तलमाथि भएमा समस्या आउने चेतावनी दिए ।
खनालले भने, ‘हामीले महाधिवेशनमा निकै संघर्ष गरेर, बहस छलफल गरेर,निकै विचार विमर्श गरेर पारित गरेको दस्तावेज प्रकाशन भइसकेको छैन । त्यो जस्ताको तस्तै प्रकाशित भएर आएपछि एकखालको वैचारिक कार्यदिशा हुन्छ । प्रकाशनको बेला तलमाथि भयो भने समस्या आउँछ । किनकी अब हामीले वैज्ञानिक समाजवादमा जाने हो । अब बहुदलीय जनवाद भनेर हुन्न, हामी त्यसबाट अघि बढिसकेका छौं । समाजवादका नाममा अरु फण्डाहरूको काम छैन ।’
सम्मानित नेता खनालले देशमा दलाल पुँजिवाद हावी भएकाले वैज्ञानिक समाजवादको कार्यदिशा आफूले लेखेको बताए । नेकपा एसको गत असारमा सम्पन्न महाधिवेशनमा खनालले समाजवादी कार्यदिशाको दस्तावेज पेश गरेका थिए । महाधिवेशनले पारित गरेको दस्तावेज जस्ताको तस्तै छापिनुपर्ने खनालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #महाधिवेशनबाट पारित दस्तावेज प्रकाशनमा तलमाथि हुनसक्ने झलनाथको आशंका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्